पोखराको बिग क्लब ‘क्याटवाक’मा शुक्रबार लक्की अलीको कन्सर्ट !
पाेखरा | भदौ २६, २०७९
पोखराः राजधानीमा रहेको एलओडीपछिको ठूलो मानिने पोखराको लाउन्ज ‘क्याटवाक’मा आगामी शुक्रबार (१६ सेप्टेम्बर) भारतीय पपस्टार लक्की अलीको लाइभ कन्सर्ट हुने भएको छ ।
‘ना तुम जानो ना हम’, ‘गोरी तेरे आँखे’जस्ता हिट नम्बर दिएका अभिनेता एवं गायक अलीले क्याटवाकमा लाइभ कन्सर्ट गर्ने निश्चित भएको र टिकट बिक्री भइरहेको जनाइएको छ । अलीलाई पोखरा ल्याउने काम भने डिजे फिन्जोकले गरेका हुन् ।
अलीले १४ सेप्टेम्बरमा राजधानीको एलओडी र १६ मा क्याटवाकमा प्रस्तुती दिने इभेन्ट अर्गनाइजर पर्चाले बताएको छ ।
गत भदौ २ गते खहरेचोकमा स्थापना भएको क्याटवाकमा अलीलाई प्रत्यक्ष सुन्न, हेर्न पहिलो चरणको टिकट मूल्य १५ सयदेखि २ हजार रुपैयाँ राखिएको छ । त्यसपछिको टिकट मूल्य २५ सयदेखि ३ हजार रुपैयाँसम्म पुग्नेछ ।
उमेरले ६३ वर्ष पुगेका अलीको यो लाइभ कन्सर्ट नै सम्भवत: अन्तिम हुने बताइएको छ । अलिसँगै आएका समूहका अन्य सदस्यले पनि प्रस्तुती राख्नेछन् ।
छिटो टिकट खरिद गर्नेहरुलाई छूट दिने उद्देश्यले चरणबद्ध टिकट बिक्री गरिएको आयोजकले जनाएको छ ।
हाल लेकसाइडस्थित ओपन हाउस, माउन्टेन टप र खहरेस्थित सनडाउन कर्माबाट टिकट बिक्री भइरहेको छ ।
अनुमानित ३० करोड रुपैयाँ बढी लगानीमा खोलिएको क्याटवाकले एकैपटक २ हजार बढीलाई रेस्टुरेन्ट र फ्लोरमा सेवा दिन सक्नेछ ।
क्याटवाकको डान्स फ्लोर, म्युजिक सिस्टम र सुरक्षा प्रणाली अन्तर्राष्ट्रियस्तरको रहेको व्यवस्थापनले जनाएको छ ।
काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस ९ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा यही पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५औँ म...
काठमाडौं: काठमाडौं महानगरपालिकाको शिक्षा विभागले १०७ विद्यालयललाई सम्पर्कमा आउन सूचना सार्वजनिक गरेको छ । महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रुपमा सञ्चालनमा नरहेको पाइएपछि सम्पर्कमा आउन सूचना सार्व...
पोखरा: पोखरामा आगामी माघ ९ देखि १७ गतेसम्म हुने छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा चार विदेशी क्लबसहित चौध टिमको सहभागित...

